ललितपुर –उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपवहादुर रायमाझीले नियमितरुपमा हुँदै आएको लोडसेडिङमा परिवर्तन गर्दै बिहान र बेलुकाको समयमा लोडसेडिङ मुक्त गराउने सरकारको तयारी रहेको बताएका छन् ।
Top Bahadur Rayamajhi at the Reporters' Clubरिपोर्टर्स क्लव अफ नेपालको आयोजनामा आज मन्त्री निवास हरिहरभवनमा गरिएको देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले उर्जा क्षेत्रको विकासका लागि नीतिगत संरचना ल्याएर प्रभावकारीरुपमा ठूला जलविद्युत आयोजना युद्धस्तरमा सञ्चालन गरिनुपर्नेमा जोड दिए।
उनले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि बैकल्पिकरुपमा थर्मल प्लाण्ट तथा विद्युतीय ऊर्जाको विकास गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।
उनले मधेसी मोर्चाले उठाउँदै आएको मागलाई सम्बोधन गर्न सरकारको तर्फवाट गहनरुपमा छलफल भइरहेको पनि बताए।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय सङ्कटको सामना गर्न एकतावद्ध भई आम नेपाली लाग्नुपर्नेमा जोड दिए। मधेसी मोर्चाको माग वार्ताबाटै समाधान हुने बताउँदै उनले दुबै पक्षबीच वार्ता चलिरहेको अवस्थामा आन्दोलन गर्न नहुनेमा जोड दिए ।
उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भारतले गरेको अघोषित नाकाबन्दीले जनजीवन कष्टकर बन्दै गएकोले समाधानका लागि गम्भीररुपमा कुटनीतिक पहल भइरहेको बताए ।
उनले नेपालमा भएको स्रोतसाधनलाई उपयोग गरेर आम नेपाली आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।
Rato pati